नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरू हुँदै छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा हुन लागेको विशेष महाधिवेशनमा सहभागीहरूको नाम दर्ता आज बिहान ८ बजेबाटै सुरू हुने संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
उनका अनुसार महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेटम सम्मुखमै स्टल राखिएको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने गरी प्रबन्ध गरिएको उनले बताए।