नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका दिन शुभकामना सन्देश लेख्दै ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति गर्नु पर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाउनुपर्ने बताएका हुन्।
‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना,’ उनले भनेका छन्।
आज ३०४ औं पृथ्वी जयन्ती हो। राष्ट्रिय एकता दिवस पनि भएकाले विविध कार्यक्रम गरी मनाइँदैछ।