भृकुटीमण्डपमा आज दुई राजनीतिक दलको छुट्टाछुट्टै कार्यक्रम राखिएको छ।
भृकुटीमण्डपको हल भएको ठाउँमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम भइरहेको छ।
भृकुटीमण्डपकै पार्क भएको स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह गर्दै छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डप आसपासका ६ ठाउँबाट जुलुस निकालिएको छ।
कुपन्डोलबाट निस्किएको जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क , पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्दा त्यस क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ।
अन्य स्थानका र्यालीहरू पनि विभिन्न स्थानबाट भृकुटीमण्डप जाँदै गर्दा जमल-भृकुटीमण्डप-भद्रकाली-शहीदगेट- सुन्धारा-रत्नपार्क क्षेत्रमा सवारीको लामो जाम लागेको छ।
ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
तस्बिरहरूः
-ink-1768115086.jpeg)
-ink-1768115086.jpeg)
-ink-1768115087.jpeg)
-ink-1768115085.jpeg)
-ink-1768115085.jpeg)
-ink-1768115085.jpeg)