जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि महिला, अल्पसंख्यक र दलित समूहमा दिएको उम्मदेवारी निष्क्रिय गरेको छ। जसपा नेपाल र लोसकपा नेपालले आइतबार सहमति गर्दै मधेस प्रदेशमा अलग्गै दिएको उम्मेदवारी निष्क्रिय तुल्याएका हुन्।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोसपा नेपालबीच तालमेल गर्ने सहमति भएको थियो। तदनुरूप महन्थ ठाकुरले गठबन्धनका तर्फबाट अन्य समूहमा उम्मेदवारी दिएका छन्। महिलातर्फ एमालेले रेखा झालाई र दलित र अल्पसंख्यकतर्फ रञ्जित कर्ण र धर्मेन्द्र पासवानलाई उम्मेदवार बनाएको छ।
तर जसपाले आफूहरूसँग सहमति नभएको भन्दै अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेलीदेवी दासलाई उम्मेदवार बनाएको थियो।
यी तीनै जना उम्मेदवारलाई निष्क्रिय बनाउने आज सहमति भएको हो।