नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्र अझै जारी छ।
दिउँसो २ बजेदेखि सुरू भएको उद्घाटन सत्रमा नेताहरूले बोल्ने क्रम जारी छ।
विशेष महाधिवेशन प्रतिनिधिहरू र नेता कार्यकर्ताहरू भृकुटीमण्डपमा गगन र विश्वप्रकाश शर्माका सम्बोधन कुरेर बसेका छन्।
अहिले महामन्त्री शर्मा बोलिरहेका छन्।
सम्बोधनका क्रममा उनले जानाजान कार्यक्रम अबेरसम्म तन्काइएको बताए।
सुरूवातमा ५/७ जना वक्ता राख्दा उचित हुने सोचेका थियौं। पछि सल्लाह गर्यौं ५ जना ७ जनामात्रै राख्यौं भने त कार्यक्रम ३ बजे सकिन्छ। कसैले परबाट हेर्दा भन्देला- यो धैरै ठूलो जमात त घाम ताप्न आएको थियो कसैले भन्देला घाम सकियो जाडो भयो घर फर्कियो भन्देला। कांग्रेसलाई बदल्ने र देशलाई बदल्ने संकल्प लिन चाहन्छौं। हामी साथीहरूको धैर्यताको परीक्षा लिन चाहन्छौं। आज रातसम्म राख्छौं। भन्दा तपाईंहरू त्यो धैर्यतामा पारित हुनुभएको छ,' उनले भने।