नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगनथापाले नो भोटको अधिकार कानुनमा सुनिश्चित गरिने प्रस्ताव गरेका छन्।
त्यस्तै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार कानुनमा समेट्न पनि प्रस्ताव गरेका छन्।
‘मतदाताको अधिकारलाई अर्थपूर्ण बनाउन 'नो भोट' को कानुनी सुनिश्चितता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिने छ,’ उनले पेश गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै उनले निर्वाचन खर्चलाई पारदर्शी बनाउन मतभारका आधारमा राज्यकोषबाट अनुदान उपलब्ध गराउन पनि उनले प्रस्ताव गरेका छन्।
‘निर्वाचन खर्चलाई पारदर्शी बनाउन प्राप्त मत भारका आधारमा राजनीतिक दलहरूलाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने र दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन कायम गर्ने व्यवस्था लागू गरिने छ,’ उनको प्रस्तावमा उल्लेख छ।