विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारीहरू अनौपचारिक छलफलमा जुटेका छन्।
बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने गरी पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। त्यसअघि पदाधिकारीहरू अनौपचारिक छलफल गरिरहेका छन्।
गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको थियो।
उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाललाई चुनेको छ।
महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्।
त्यस्तै सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन्।
केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन भएका छन्।
तस्बिरहरू:
-1768454852.jpeg)
-1768454852.jpeg)
-1768454851.jpeg)
-1768454851.jpeg)
-1768454849.jpeg)
-1768454849.jpeg)
-1768454850.jpeg)
-1768454850.jpeg)
-1768454849.jpeg)
-1768454849.jpeg)
-1768455441.jpeg)
-1768455442.jpeg)
-1768455439.jpeg)
-1768455441.jpeg)
-1768455439.jpeg)