निर्वाचन आयोगको कार्यालय अगाडि कांग्रेसका शेरबहादुर देउवा पक्षले नाराबाजी गरिरहेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापालाई आधिकारिकता दिएसँगै उनीहरूले नाराबाजी गरेका हुन्।
मूल गेट बाहिर शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
आयोगमा अहिले देउवा समूहका मीनेन्द्र रिजाल, प्रकाशशरण महत, पूर्णबहादुर खड्का लगायत नेताहरू उपस्थित छन्।
सुरक्षा चुनौतीलाई लक्ष्य गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।
-1768573052.jpg)
-1768573048.jpg)
-1768573048.jpg)
-1768573045.jpg)
-1768573045.jpg)
-1768573043.jpg)
-1768573042.jpg)
-1768573040.jpg)
-1768573040.jpg)
-1768573038.jpg)
-1768573038.jpg)