आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै प्रचार–प्रसार सामग्री छपाइको काम तीव्र बनेको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका झन्डा, चुनाव चिह्न अंकित विभिन्न प्रकारका कपडा, टोपी, मफलर तथा ब्यानर छाप्ने काममा व्यवसायीहरू व्यस्त हुन थालेका छन्।
विशेषगरी काठमाडौंसहित देशका विभिन्न सहरका प्रिन्टिङ प्रेस, कपडा उद्योग र साना व्यवसायहरूमा दल तथा उम्मेदवारका अर्डर बढ्दै गएका छन्।
दलहरूले प्रचार अभियानलाई प्रभावकारी बनाउन झन्डा र पहिरनलाई मुख्य माध्यम बनाएका कारण माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीका अनुसार निर्वाचनको समय नजिकिँदै जाँदा अर्डर थप बढ्ने अपेक्षा गरिएको छ।
तस्बिरहरू:
-1769522214.jpg)
-1769522213.jpg)
-1769522209.jpg)
-1769522211.jpg)
-1769522210.jpg)
-1769522212.jpg)
-1769522209.jpg)
-1769522207.jpg)
-1769522201.jpg)
-1769522201.jpg)