नेपाली कांग्रेसले मर्यादाक्रम निर्धारण समिति गठन गरेको छ।
बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘नेपाली कांग्रेसको मर्यादाक्रम निर्धारण समिति केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ,’ उनले भने।
गत पुसमा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो। महाधिवेशन गरेपछि मर्यादाक्रम निर्धारण गर्ने प्रचलन कांग्रेसभित्र छ।