खुलामञ्च आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।
योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुल्लामञ्च खुल्ला भएको हो।
आज बिहान काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुल्लामञ्च खुल्ला गरिएको हो।
प्रधानमन्त्री बालेन शाह काठमाडौंको मेयर हुँदा खुल्लामञ्चमा दुबो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने काम गरिएको थियो।
ती कामहरू सकिएपछि खुलामञ्च खुला गरिएको हो।
तस्बिरहरूः














तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी