सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दल कार्यालयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्।
संसदीय समिति सभापति पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ।
उम्मेदवारी दर्ता गर्नुअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस कार्यालयमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
छलफलमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरू सहभागी छन्।
कांग्रेसबाट महामन्त्री गुरूराज घिमिरे, सांसदहरू अर्जुननरसिंह केसी, भिष्मराज आङ्देम्बेलगायत सहभागी छन्।
एमालेबाट सचिवसमेत रहेकी सांसद पद्मा अर्याल र नेकपाबाट सांसद वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाललगायत सहभागी छन्।
कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको छ। संसदीय समिति सभापति पदमा उम्मेदवारी दिनुअघि विपक्षी दलहरूबीच छलफल भएको हो।
छलफलमा गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्री पनि सहभागी छन्।
तस्बिरहरू:
-1776323084.jpg)
-1776323083.jpg)
-1776323083.jpg)
-1776323083.jpg)
-1776323083.jpg)
-1776323083.jpg)
-1776323081.jpg)
-1776323082.jpg)
-1776323082.jpg)
-1776323082.jpg)
-1776323082.jpg)
-1776323081.jpg)
-1776323081.jpg)
-1776323081.jpg)
-1776323081.jpg)
-1776323081.jpg)
-1776323080.jpg)
-1776323080.jpg)