राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समिति सभापति पदमा नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ।
संसदीय समिति सभापति पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ।
रास्वपा संसदीय दल बैठकले सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरेको हो।
अरू समिति सभापति पदमा रास्वपाबाट उम्मेदवार रहनेछन्।
यसैबीच नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन्।
लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी छन्।
यीमध्ये खड्का र गिरी एक जना लेखा समिति सभापति उम्मेदवार हुने कांग्रेसभित्र चर्चा छ।