नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा सांसद भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ।
सांसद भीष्मराज आङ्देम्बेले खड्कालाई सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवार बनाउन लागिएको जानकारी दिए।
आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम छ भने निर्वाचन शुक्रबार हुनेछ।
६८ वर्षीय खड्का डोटीका हुन्। उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित भएका थिए। उनी २०७० सालको दोस्रो संविधान सभा सदस्यसमेत थिए। २०७४ मा उनी डोटी १ को १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
उनले नेविसंघबाटै राजनीति सुरू गरेका थिए।
रास्वपाले लेखा समिति कांग्रेसलाई दिने भनेको छ।
साथै नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन्।
लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी छन्।