राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सांसद रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन्।
उनीहरू दुवैले सहमहामन्त्री पदमा आकांक्षा रहेको र उम्मेदवारी दिने बताएका छन्।
रास्वपा बन्द सत्र आज दिउँसो सुरू हुनेछ। बन्द सत्र सकिएपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ।
पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। त्यसपछि मात्रै पदाधिकारीहरूमा निर्वाचन हुनेछ।
रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ। तीमध्ये २ जना मनोनीत गर्ने व्यवस्था छ।
रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा जारी छ।