नेकपा एमालेको संसदीय दलको बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा संसदीय दलको बैठक बसिरहेको छ।
बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल बैठक बोलाएको थियो। बैठकले सरकारको कदमबारे धारणा बनाउनेछ।
आजै साँँझ केन्द्रीय सचिवालय बैठक पनि बस्दै छ।
बैठक ओली निवास गुण्डुमा बस्नेछ।
बैठकले पनि पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी उपाध्यक्ष पौडेलको पक्राउबारे धारणा सार्वजनिक गर्नेछ।
उपाध्यक्ष पौडेललाई सोमबार साँझ सुर्खेतमा पक्राउ गरी माइक्रो चढाएर मंगलबार दिउँसो काठमाडौं ल्याइएको छ।
तस्बिरहरूः
-1782205630.jpeg)
-1782205630.jpeg)
-1782205630.jpeg)
-1782205629.jpeg)
-1782205630.jpeg)
-1782205629.jpeg)
सबै तस्बिरः न्युज एजेन्सी नेपाल।