नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र अनियमिततासम्बन्धी सबै फाइल खोल्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार वा अनियमिततासम्बन्धी सबै फाइल खोल्न सरकारलाई आग्रह गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए।
‘सबै फाइल खोल्नुस्, दोषीमाथि कारबाही हुनुपर्छ भन्नेमा कांग्रेस प्रष्ट छ,’ सभापति थापाले भने ‘तर, अनुसन्धान कानुनी प्रक्रिया र विधिको शासनभित्र रहेर हुनुपर्छ। लहडका भरमा हुनुहुन्न। सबै फाइल खोल्नुस्, सबै काण्डको अनुसन्धान गर्नुस्। त्यसमा कांग्रेसका नेता परे भने पनि हामी जोगाउन खोज्दैनौं,’ उनले भने।