रास्वपा प्रथम महाधिवेशनअन्तर्गत आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र सुरू भएको छ।
सभापति रवि लामिछाने आएसँगै बन्द सत्र सुरू भएको हो। प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह भने बन्द सत्रमा अनुपस्थित छन्।
अरू पदाधिकारी र अधिकांश प्रतिनिधि भने हलभित्र छन्।
बन्द सत्र सुरू गर्दै सभापति लामिछानेले प्रतिनिधि शुल्क अनिवार्य नरहेको बताए।
अधिकांश प्रतिनिधि ५ हजारका दरले शुल्क बुझाएर बन्द सत्र हलभित्र प्रवेश गरिसकेका थिए।
पैसा नहुनेहरूलाई प्रतिनिधि शुल्क अनिवार्य नरहेको सभापति लामिछानेको भनाइ थियो।
‘तपाईंहरू चितवन बस्दा धेरै खर्च भइसक्यो पनि होला, पैसा छैन भने प्रतिनिधि शुल्क अनिवार्य छैन,’ उनले भने, ‘नसक्नेले नतिर्नुस्। सक्नेले ५ हजारभन्दा बढी तिरे पनि फरक पर्दैन।’