राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह पनि पुगेका छन्।
आज अपराह्न सवा ३ बजे बन्द सत्र सुरू भए पनि केही ढिला गरी प्रधानमन्त्री शाह बन्द सत्र हलमा प्रवेश गरेका हुन्।
बन्द सत्रमा राजनीतिक, सांगठनिकलगायत प्रतिवेदन पेस गरी छलफल गरेर अनुमोदनको तयारी छ। साथै निर्वाचन प्रक्रिया पनि अघि बढाउने तयारी छ।
पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने तयारी छ।
रास्वपा महाधिवेशन चितवनको भरतपुरमा जारी छ।
तस्बिरहरू-
-1782219191.jpg)
-1782219191.jpg)
-1782219191.jpg)
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी।