राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचनका लागि मनोनयन फारम वितरण सुरू भएको छ।
सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिँदै छन्। उनको प्रस्तावकमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह बसेका छन्।
सभापति उम्मेदवार बन्न एक जना प्रस्तावक र ५१ जना समर्थकको आवश्यकता पर्छ।
सभापतिको मनोनयन फारम दर्ता गर्न रवि र बालेन सँगसँगै महाधिवेशन स्थलमै रहेको निर्वाचन आयोगको सचिवालय गएका थिए। रवि लामिछानेले मनोनयन दर्ता गरेपछि बालेनसँगै बाहिर आएर महाधिवेशन प्रतिनिधि तथा नेता/कार्यकर्ताहरूलाई हात हल्लाएका थिए।
पार्टीको नयाँ निर्वाचन तालिका अनुसार अहिले ७ बजेदेखि साढे ७ बजेसम्म सभापति पदको फारम वितरण तथा दर्ता भनिएको छ।
बालेनकै लागि सिर्जना गरिएको वरिष्ठ नेता पदमा भने चुनाव हुने छैन।