राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको चौथो दिन देशभरिबाट आएका प्रतिनिधिहरूलाई विशेष सामग्री सहितको झोला वितरण गरिएको छ।
महाधिवेशनको बन्दसत्र र सांगठनिक छलफलहरू चलिरहँदा प्रतिनिधिहरूको सहजता र पहिचानका लागि उक्त झोला वितरण गरिएको हो।
पार्टी सचिवालयका अनुसार महाधिवेशनलाई थप व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले प्रतिनिधिहरूलाई आवश्यक बन्दोबस्तीका सामानहरू प्रदान गरिएको हो।
झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्र (आईडी कार्ड) लगायतका सामग्री समावेश गरिएको छ।
महाधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार, यस किसिमको व्यवस्थापनले बन्दसत्रका कार्यक्रमहरूमा टिपोट गर्न र पार्टीको अनुशासन कायम राख्न थप मद्दत पुगेको छ।
रास्वपाले आफ्नो यस प्रथम महाधिवेशनलाई प्रविधिमैत्री, अनुशासित र कम खर्चिलो बनाउने नीति लिएको बताएको छ।
तस्बिरहरू:
-1782288601.jpg)
-1782288601.jpg)
-1782288601.jpg)
-1782288600.jpg)
-1782288600.jpg)
-1782288600.jpg)
-1782288599.jpg)
-1782288599.jpg)
-1782288600.jpg)
-1782288600.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी