राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'खुल्ला मधेसी' कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
चितवनमा जारी महाधिवेशनमा उनले बुधबार केन्द्रीय सदस्यको पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
चितवनमा असार ७ गतेदेखि रास्वपाको प्रथम महाधिवेशन जारी छ। महाधिवेशनको मनोनयन दर्ता गर्ने समय सकिएको छ।
उनले आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल समेत गरेका छन्।
यस्तै, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि केन्द्रीय सदस्यको पदका लागि उम्मेदवारी दिएका छन्।