राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया बेलुका मात्रै हुने भएपछि मन्त्री, प्रतिनिधि तथा पदाधिकारीहरू नाचगान, भेटघाट र अन्य विभिन्न गतिविधिमा व्यस्त देखिएका छन्।
कोही हलभित्र विश्राम गरिरहेका छन् भने कोही नाचगान र अनौपचारिक भेटघाटमा सहभागी भएका छन्।
कानुन मन्त्री सोबिता गौतम र स्वास्थ्य मन्त्री निशा मेहता पनि प्रतिनिधिहरूसँग नाचगान तथा भेटघाटमा सहभागी भएको देखियो।










