राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा स्वास्थ्यमन्त्री निशा मेहताले १८६१ मत पाएकी छन्।
उनी भूगोल (कोश) बाट उम्मेदवार थिइन्।
हिजो राति भएको केन्द्रीय सदस्य निर्वाचनमा खुला प्रतिस्पर्धातर्फ सबभन्दा बढी मत अर्थमन्त्री समेत रहेका स्वर्णिम वाग्लेले पाएका छन्। त्यसपछि सबभन्दा बढी मत पाउने कानुनमन्त्री समेत रहेकी सोबिता गौतम छिन्।
वाग्लेले २६ सय बढी मत पाएका छन् भने गौतमले २५ सय बढी मत पाएकी छन्।