राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनको मत परिणाम घोषणापछि अहिले महाधिवेशन स्थलमा विजेताहरूलाई बधाई र शुभकामना दिने क्रम सुरू भएको छ।
विजेताहरूले एकअर्कालाई बधाई र शुभकामना साटासाट गर्नुका साथै प्रतिनिधिहरूले पनि बधाई दिइरहेका छन्।
केन्द्रीय समितिका ९९ जना सदस्यका लागि भएको निर्वाचनको मत परिणामपछि अब दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ। विधान अनुसार १५८ सदस्यीय केन्द्रीय समितिका बाँकी सदस्य सभापतिबाट मनोनीत हुने छन्।
पार्टीको संशोधित विधानअनुसार पदाधिकारी संख्या १९ जनाको छ। तर यी सबै पदाधिकारीका लागि निर्वाचन हुने छैन।
१९ सदस्यीय पदाधिकारीमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुनेछ।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। यसबाहेक वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहको नाम तय भइसकेको छ भने बाँकी ११ जना पदाधिकारी सभापतिबाट मनोनीत हुने छन्।
निर्वाचन हुनेमा एक जना उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह-महामन्त्री (खुला) र एक महिला सहमहामन्त्री छन्।









