राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी चुनावतर्फ उपसभापति (महिला) उम्मेदवार सोबिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बसेकी छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी प्रतिभाले आफ्नो फेसबुक पेजबाट कानुनमन्त्री सोबिता गौतमको उपसभापति उम्मेदवारमा प्रस्तावक बसेको घोषणा गरेकी हुन्।
उनले सोबितासँगको तस्बिर सेयर गर्दै लेखेकी छन्, 'विजयी भव:। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक बसेकी छु।'
यसअघि प्रतिभाको नाम पनि उपसभापति (महिला) तर्फ चर्चामा थियो। तर उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिइनन्।
खुला केन्द्रीय सदस्यतर्फ दोस्रो बढी मत ल्याउने उम्मेदवार सोबिता गौतम हुन्। उनले स्वर्णिम वाग्लेपछि दोस्रो बढी मत ल्याएकी छन्। स्वर्णिमको २,६०७ र सोबिताको २,५९४ मत छ।