राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएको आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन्।
उनी १६९३ मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
निर्वाचन हुने एक महामन्त्री पदमा धेरैले आकांक्षा देखाएका छन्।
मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, गणेश पराजुली, सागर ढकाल र प्रमोद न्यौपानेले पनि महामन्त्रीको आकांक्षी छन्।