राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचन कार्यक्रम सम्पन्न भइसकेको छ।
यसबाट पार्टी सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
सभापतिमा अरूको उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध चयन भए।
केन्द्रीय सदस्यमा भने ३८४ जनाले उम्मेदवारी दिएका थिए।
खुल्लाबाट २० जना, खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना, मुस्लिम तर्फ २ र प्रादेशिकतर्फ सातै प्रदेशबाट ५/५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले प्राप्त गरे।
उनले २ हजार ६५६ मत पाउँदा सोविता गौतमले २ हजार ६४१, शिशिर खनालले २ हजार ५३८, सागर ढकालले २ हार ३७६, तोसिमा कार्कीले २ हजार ३०२ मत ल्याए।
केन्द्रीय सदस्य निर्वाचित भएका कसले कति मत पाए? हेर्नुस् विवरण