गोरखाको महेन्द्र माविलाई बस हस्तान्तरण गरिएको छ।
गोरखा नगरपालिका वडा नम्बर १२ कुन्दुरटारमा रहेको महेन्द्र माविलाई बिहीबार एक कार्यक्रमबीच बस हस्तान्तरण गरिएको हो।
कल्स ओवर रिजेज नेपालको आर्थिक सहयोग र गोरखा नगरपालिकाको समन्वय तथा आर्थिक साझेदारीमा प्राप्त बस हस्तान्तरण गरिएको हो।
संस्थाकी प्रमुख कार्यकारी निर्देशक साङ डोमा शेर्पाले बसको चावी विद्यालयलाई हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर र उपमेयर मसलीमाया थोकर पनि सहभागी थिए।
कल्स ओवर रिजेज नेपालको ३० लाख, गोरखा नगरपालिकाको १९ लाख गरी जम्मा ४९ लाखमा बस खरिद गरिएको हो।
