चितवनमा जारी रास्वपा प्रथम महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका गणेश कार्कीले लोकतन्त्रलाई कोठाभित्रको सहमतिबाट भन्दा पनि प्रतिनिधिहरूको मतले बलियो बनाउने टिप्पणी गरेका छन्।
रास्वपा महामन्त्री पदमा १० जना उम्मेदवार रहेकोमा सुरूमा जगदीश खरेल र केही समयपछि कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका थिए।
त्यसको केही समयभित्रै कबिन्द्र र जगदीशसहित प्रमोद न्यौपाने, गणेश पराजुलीले विपिन आचार्यलाई समर्थन गरेका थिए।
उक्त सहमतिलाई कार्कीले कोठाभित्रको सहमतिका रूपमा लक्ष्य गरेका हुन्।
‘लोकतन्त्रलाई कोठा भित्रको सहमतिले हैन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउँछ। महामन्त्रीमा मेरो उम्मेदवारी लोकतन्त्रको यही चरित्र, नीति र विधिका लागि हो,’ कार्कीले भने।
रास्वपा महामन्त्री पदमा कार्की, मनिष झा, विपिन आचार्य, सागर ढकाल, रन्जु दर्शनाबीच प्रतिस्पर्धा हुने देखिएको छ।