राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
उनले महामन्त्री पदका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी हुन्।
‘म आफ्नो उम्मेदवारी फिर्ता लिएर विपिनजीलाई समर्थन गर्छु,’ उनले भनिन्, ‘मेरो भोट पनि उहाँलाई नै हो।’
चितवनको भरतपुरमा असार ७ गतेदेखि रास्वपा महाधिवेशन जारी छ। पदाधिकारीमा आज चुनाव गर्ने तयारी छ।
महमन्त्री पदमा सुरूमा १० जनाले उम्मेदवारी दिएका थिए। अब ४ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
मनिष झा, विपिन आचार्य, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुन लागेको हो।