राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा झन्डै ५० प्रतिशत महिला निर्वाचित भएका छन्।
बुधबार राति पहिलो चरणको निर्वाचन अन्तर्गत भएको मतदानबाट ४९ जना महिला केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
उम्मेदवारी दिएकामध्ये ६१.२५ प्रतिशत महिला निर्वाचित भएका छन्।
रास्वपा केन्द्रीय सदस्यमा ८० जना महिला उम्मेदवार थिए।
कुल ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना उम्मेदवार थिए।
यो सूची अनुसार भुगोल क्लस्टरबाट १७४ र राष्ट्रिय क्लस्टरबाट २१० जनाले उम्मेदवारी दिएका छन्। भूगोलमा १३९ जना पुरूष र ३५ जना महिलाले प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै, राष्ट्रिय क्लस्टरमा १६५ पुरूष र ४५ महिला प्रतिस्पर्धामा थिए।
केन्द्रीय सदस्यका बाँकी ५० जना सदस्य सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्।
त्यसो गर्दा केन्द्रीय समितिमा महिलाको संख्या अझै बढ्नेछ।
सूचीः
१. सोविता गौतम
२. तोसिमा कार्की
३. रञ्जु दर्शना
४. निशा डाँगी
५. इन्दिरा रानामगर
६. रिमा विश्वकर्मा
७. समीक्षा बाँस्कोटा
८. गीता चौधरी
९. लिमा अधिकारी
१०. प्रकृति ढकाल
११. टीका संग्रौला
१२. क्रान्तिशिखा धिताल
१३. जमुना शर्मा
१४. सुशीला कार्की पोखरेल
१५. आशिका तामाङ
१६. अनुष्का श्रेष्ठ
१७. निशा श्रेष्ठ
१८. कुशुम महर्जन
१९. निशा मेहता
२०. शोभा कार्की
२१. कल्पना थापा
२२. सुजाता तामाङ
२३. सुस्मा बस्नेत
२४. सुनिता कुमारी चौधरी
२५. नमिता यादव
२६. मञ्जु सिंह
२७. प्रभा ढकाल
२८. विदुषी राणा
२९. आकांक्षा पोखरेल
३०. अनिता श्रेष्ठ
३१. पार्वती थापा
३२. पवित्रा थापा
३३. विष्णुकुमारी गुरुङ
३४. कल्पना पाण्डे
३५. सङ्गीता ढकाल
३६. ज्ञानु पौड्याल
३७. शर्मिला खनाल
३८. सीता बादी
३९. विनिता कठायत
४०. टासी ल्हाजोम
४१. मेनुका शाही
४२. जानकी जोशी
४३. चन्द्रा ऐर 'चाँदनी'
४४. करिष्मा कठरिया
४५. जुली यादव
४६. कामिनी कुमारी चौधरी
४७. सविना विक
४८. खिमा विक
४९. समिना मियाँ