राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
उम्मेदवारको प्रारम्भिक नामावलीमा महामन्त्री पदका लागि १० जना बढीको नाम थियो।
कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली, प्रमोद न्यौपाने, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शना, जगदीश खरेल (ललितपुर) र राजु पाण्डे सहितले उम्मेदवारी दिएका थिए।
मतदान सुरू हुने समयसम्म महामन्त्री पदका आकांक्षीमध्ये शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका थिए।
उनीहरूले पत्रकार सम्मेलन नै गरेर विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा शिशिर खनाल भने सहभागी थिएनन्।
रञ्जु दर्शनाले पनि अन्तिममा आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै महामन्त्री पदमा विपिन आचार्यलाई समर्थन गरेको बताएकी थिइन्।
यद्यपि उम्मेदवारी फिर्ता लिने समय घर्किसकेका कारण भोटिङ मेसिनमा उनको नाम भने देखिनेछ।
अब बाँकी रहेका विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुनेछ।
रास्वपामा झन्डै ४२ सय प्रतिनिधि छन्।