राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तीन सहमहामन्त्री पदमा १५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
सहमहामन्त्री पदमा दुई खुला र एक महिला गरी तीन जना निर्वाचनबाट चुनिन्छन्। बाँकी दुई जनालाई सभापतिले मनोनीत गर्नेछन्।
चुनाव हुने सहमहामन्त्रीमा खुलातर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त उम्मेदवार छन्।
महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेदवार छन्।
पदाधिकारीमा मतदान जारी छ। मतदानका लागि दिउँसो साढे ४ बजेसम्मको समय तोकिएको छ।
सवा ३ बजेसम्म १ हजार मत खसिसकेको राम लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले जानकारी दिएका छन्।
*यसअघि निर्वाचनबाट तीन जना सहमहामन्त्री हुनुपर्नेमा सच्याइएको छ।