रास्वपा महामन्त्री पदमा पराजित भएका मनिष झाले पार्टीभित्र गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफूले प्रयास गरेको बताएका छन्।
रास्वपा महामन्त्री पदमा ४ जनाबीच प्रतिस्पर्धा हुँदा विपिनकुमार आचार्य विजयी भएका थिए।
‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु,’ निर्वाचन परिणाम आइसकेपछि झाले भने, ‘महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु।’
उनले आजदेखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने पनि बताए। उनी यसअघि पार्टी प्रवक्ता थिए।
महामन्त्री पदमा आचार्य, झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भएको थियो।