नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहणसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सम्पन्न भएको छ।
सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
उपसभापति महिलातर्फ सोबिता गौतम विजयी भएकी छन्। उनले ७८९ मत ल्याएकी छन्।
महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत ल्याएका छन्।
त्यस्तै, सह-महामन्त्री खुलातर्फको निर्वाचनमा असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरेका छन्।
सह-महामन्त्री (महिला) तर्फ निशा डाँगी विजयी भएकी छन्। उनले ७३७ मत प्राप्त गरेकी छन्।








