नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत गरेको छ।
सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत गरेका हुन्।
वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनीत गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।