नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेत कांग्रेस पनि क्रियाशील सदस्यता अद्यावधिकको पक्षमा उभिएको छ।
विशेष महाधिवेशनमा सहभागी नरहेका जिल्ला सभापति खड्गबहादुर पोखरेलसहित कार्यसमिति क्रियाशील सदस्यता अद्यावधिकको पक्षमा उभिएका हुन्।
जिल्ला सभापति पोखरेलले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्।
साथै असार १९ गते केन्द्रीय कार्यालयमा पत्राचार गरेर क्रियाशील अद्यावधिक गर्न समय थप गरिदिन पनि आग्रह गरेका छन्।
सुर्खेतको ९ वटै पालिकामा क्रियाशील अद्यावधिक गर्न प्रतिनिधि खटाइएको पनि पत्रमा उल्लेख छ।
निवर्तमान कार्यवाहक सभापति खड्का पक्ष भने क्रियाशील सदस्यता अद्यावधिकको पक्षमा छैन। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका उनीहरूले गत पुस १० सम्मकै क्रियाशील नवीकरणका आधारमा १५ औं महाधिवेशन गर्न माग गरिरहेका छन्।
साथै असार २२ देखि २४ गतेसम्म देउवा पक्षले चुनदेवी सम्पर्क कार्यालयमा छलफलसमेत गरेका थिए।
यो पनि- देउवा पक्षको चुनदेवी छलफलको निष्कर्ष- पार्टी एकता नै पहिलो प्राथमिकता