नेपाली कांग्रेसका सभापति गगन थापाले भागबन्डाको युग सकिएको बताएका छन्।
पार्टीभित्र वा देशमा अब केही विषयमा कांग्रेसले भाग पनि नदिने र नखोज्ने पनि उनले बताए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज संविधान संशोधनका विषयमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘हाम्रो संसदीय दल नेता भीष्मराज आङ्देम्बे संवैधानिक परिषद सदस्य हुनुहुन्छ। हामीलाई केही पनि चाहिएन। यो कांग्रेस पार्टीले अब न पार्टीभित्र भागबन्डा गर्छ न देशमा कहीँ भागबन्डा गर्छ। भागबन्डाको युग अब सकियो।’
उनले कांग्रेसले अब कहीँ भाग पनि नदिने र नमाग्ने पनि बताए।
‘हामीलाई माग चाहिन्न, शुद्धता चाहिन्छ,’ उनले भने, ‘सुशासन लगायतका विषयमा व्यापक रूपमा होमर्क गर्नुपर्छ।’
सुशासन ठिक गर्नलाई संविधानसँग जोडिएका विषयलाई ठिक बनाउनुपर्ने उनले बताए।