प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद खड्ग शाहीले गणेश नेपालीको राति नै मृत्यु भइसके पनि आज बिहान उपचार भइरहेको भनेर पत्रकार सम्मेलन गरेको पाइएको बताएका छन्।
सरकारले गणेशका प्रति नाटक गरेको पनि उनले बताए।
‘गणेश नेपाली राति नै बितिसकेका रहेछन्, तर बिहानसम्म घोषणा गरिएन,’ उनले आज प्रतिनिधि सभा बैठकमा भने, ‘आज म र संसदीय दल नेता भीष्मराज आङ्देम्बे गइसकेपछि त्यहाँ राखिएको शवलाई हेरिसकेपछि स्वास्थ्यमन्त्री, अस्पतालका डीनलगायतसँग किन घोषणा गरिएन त मान्छेको मृत्यु भइसकेको छ, पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भनिरहनुभएको छ वीर अस्पतालमा। हामी गएर मान्छेको मृत्यु भइसकेको छ तपाईं केको पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ भनेपछि मृत्यु घोषणा गर्ने प्रक्रियातिर लागेका थिए।’
उनी मुगुका सांसद हुन्। उनले मुगुका जनतालाई आन्दोलनमा आउन पनि आह्वान गरिएको बताए।