प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक निश्कल राईले प्रतिनिधिस सभामा बोलेका विषय कपि पेस्ट भएको भन्ने आरोपमा प्रष्टीकरण दिएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक राईले मंगलबारको प्रतिनिधि सभा बैठकमा कवि तथा लेखक ब्रजेश खनालको कविलाई साभार गरेर बोलेको विषयमा कपि पेस्ट गर्यो भनेर आलोचनामा जबाफ दिएका हुन्।
'हिजोमात्रै कवि लेखक ब्रजेश खनालको कवितालाई साभार गरेको थिएँ। र बोलेको थिएँ। धेरै साथीहरूले भन्नुभयो कपि पेस्ट भएछ। निरंकुशताका लागि कपि पेस्ट हुन्छ भने हिजो पनि बोल्थ्यौं। आज पनि बोल्नेछौं। भोलि पनि बोल्नेछौं,' उनले भने।
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक राईले भनेका थिए- यो सरकार भन्दैछ–तँ बोल, जे म सुन्न चाहन्छु । तँ हेर, जति म देखाउन चाहन्छु।’
यी कविता अघिल्ल पटक अरू सांसदरूले पनि प्रयोग गरेको र राईले त्यसको कपि पेस्ट गरेको भनेर सामाजिक सञ्जालहरूमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।