उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ।
बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो।
प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो।
त्यसैगरी विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्नका लागि परिषद्ले परामर्श समेत दिएको छ।
उनी उच्च अदालत तुलसीपुरमा कार्यरत थिए।
श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारलाई तोक्न पनि सिफारिस गर्ने निर्णय गरेको छ।