दाङ जिल्लामा जन्मिएर पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आइरहेका नेपाली कांग्रेसका आस्थावान विभिन्न व्यक्तिहरूको भेलाले नेपाली कांग्रेस न्यूयोर्क–दाङ सम्पर्क समिति गठन गरेको छ।
शुक्रबार कांग्रेसका दाङ जिल्ला सभापति शंकरप्रशाद डाँगीको आतिथ्यतामा भएको भेलाले पार्टीको विधान अनुरुप न्यूयोर्क–दाङ सम्पर्क समिति गठन गरेको हो।
दाङ तुलसीपुर घर भइ हाल न्यूयोर्कमा बस्दै आएका शोभाराम वलीको अध्यक्षतामा भएको भेलाले तुलसीपुरकै युवा ललितजग पाण्डेको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो।
यो नै पहिलो पटक गठित कांग्रेस सर्मर्थित न्यूयोर्क– दाङ सम्पर्क समिति रहेको त्यहाँबाट सन्तोष शर्माले बताए।
नवगठित समितिलाई पार्टीका दाङ जिल्ला सभापति डाँगीले शुभकामना दिँदै अवसरको खोजी होस वा वाध्यताले प्रदेशमा भए पनि नेपाली मनले सधैँ नेपाल सम्झिरहने र सबै नेपाली जोड्ने पार्टी कांग्रेस भएको भएको हुँदा पार्टीको मर्म र नीति अनुरुप काम गर्न सुझाएका थिए ।
पहिलो पटक गठित सम्पर्क समितिले पार्टी प्रति आस्थावानका साथै न्युयोर्कमा बस्दै आइरहेका सबै दंगालीको हकहितमा काम गर्ने उदेश्य लिएको छ।
भेलामा दाङका करिब ४० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण युवा भरत भट्टराईले गरेका थिए।