नेकपा (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ।
पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिएको हो।
पार्टी मुख्यालय च्यासलमा केही बेरअघि कार्यक्रम सुरू भएको हो।
संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिनेछन्।
सांसदहरुसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरु सहभागी छन्।
तस्बिरहरूः
-ink-1784449943.jpeg)
-ink-1784449943.jpeg)
-ink-1784449943.jpeg)
-ink-1784449943.jpeg)
-ink-1784449943.jpeg)
-ink-1784449937.jpeg)
-ink-1784449943.jpeg)
-ink-1784449943.jpeg)
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी