सरकारले सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार मुख्यसचिव गोविन्दबहादुर कार्की नेतृत्वको बैठकले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा भएकाले अन्य सार्वजनिक बिदा पुनरवलोकन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा उक्त कार्यदल गठन गर्ने र कार्यदलले १५ दिन भित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने भएको हो।
यस कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन गर्न लागिएको छ।
सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा असहता आएको भन्दै सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।