नेपाली कांग्रेसले 'मानवीय सहयोग कोष' स्थापना गर्ने भएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विश्वप्रकाश शर्माले 'मानवीय सहयोग कोष' स्थापनाको घोषणा गरेका हुन्।
कांग्रेसले बिपी स्मृतिमा साउन ६ गते 'ग्रीन रन' गर्दैछ।
'उक्त कार्यक्रममा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक 'मानवीय सहयोग कोष' खडा गर्नेछ,' उनले भने, 'सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिनेछ।'
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित तथा साउन ७ गते पार्टीको नविन अभियान घोषणा सहितको कार्यक्रम गर्ने तयारीमा कांग्रेस छ।