प्रधानन्यायाधीश मनोजकुमार शर्मा तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
भारतीय सर्वोच्च अदालतको निमन्त्रणामा प्रधानन्यायाधीश शर्मा पहिलो विदेश भ्रमणमा जान लागेका हुन्।
आउँदो शुक्रबार उनी नयाँ दिल्ली प्रस्थान गर्ने तालिका छ। उनी संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोगको ६० औं वर्ष पुगेको अवसरमा आयोजना गरिएको सम्मेलनमा सहभागी हुँदैछन्।
उक्त कार्यक्रम नयाँ दिल्लीमा रहेको सर्वोच्च अदालतको प्रशासकीय भवनमा हुनेछ।
यही कार्यक्रममा भारतका कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवाल, विदेश मन्त्री एस जयशंकर र प्रधानन्यायाधीश सूर्य कान्तले मन्तव्य राख्नेछन्।
कार्यक्रम आइतबार (साउन १० गते) सम्पन्न हुनेछ। प्रधानन्यायाधीशकी पत्नी र स्वकीय सचिव अमित उप्रेती पनि सँगै जाँदैछन्।
कार्यक्रम सकेपछि आइतबार फर्किने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।