प्रधानमन्त्री बालेन शाहले बुधबार हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन्।
छलफल बिहान साढे ११ बजे हुने तय भएको प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ।
छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री बालेनले यसअघि निर्माण व्यवसायी, पुँजीबजार र बीमाक्षेत्रमा प्रतिनिधि, होटल व्यवसायी, निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।