नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाले फरक विचारलाई विभाजनको आधार बनाउन नहुने बताउँदै कांग्रेसको सम्पूर्ण एकतामा जोड दिएका छन्।
‘लोकतन्त्रमा विचारको भिन्नतालाई विभाजनको आधार बनाउन हुँदैन,’ ४४ औं बिपी स्मृति दिवसमा कांग्रेस इतर पक्षले आयोजना गरेको कार्यक्रममा बिपी पुत्र उनले भने, ‘विचार संगठनले सुदृढ र मजबुत बनाउन आग्रह गर्दछु।’
अहिले पार्टीभित्रको फरक मतलाई बेलैमा सम्बोधन गर्न पार्टी नेतृत्व सजग हुनुपर्ने उनको भनाइ थियो।
‘असन्तोष बेलैमा सम्बोधन गरेर संवाद, सहमति र सहकार्यको अवस्था बनाउन पर्यो,’ उनले भने, ‘अन्यथा पार्टी विभाजनको अवस्था आए त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने हुन्छ।’