सर्वदलीय बैठकका लागि विभिन्न पार्टीका नेताहरू सिंहदरबार पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी हुन नेताहरू सिंहदबार पुगेका हुन्।
रास्वपा सभापति लामिछानेसहित, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक खुश्बु ओली, जनमत पार्टी अध्यक्ष सिके राउत सिंहदरबार पुगिसकेका छन्।
बैठक प्रतिनिधि सभाको लेखा समिति हलमा हुनेछ।
विशेषगरी सुनसरी घटना र त्यससहित अन्य समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति लामिछानेले बैठक आह्वान गरेका हुन्।
तस्बिरहरूः







सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।